दान गर्नुहुने महानुभावहरुका लागि जानकारी

    • तपाईंहरुले बृद्दाश्रमको दान पेटिका वा नगदी रसिद नकाटिकन बृद्दाश्रमका बृद्द बृद्दाहरुलाई सोझै उनको हातमा दिनु भएका बस्तु वा रकमको सदुपयोग भए नभएको जानकारी राख्न चाहनुहुन्छ?
    • दान पेटिमा सके सम्म रु १ सय भन्दा बढी रकम नराखिदिनुहोला। रु १ सय भन्दा बढीको रकम बृद्दाश्रमको छाप लगाईएको रसिद (भरपाइ)लिएर मात्र दिनुहोला।
    • के साँच्चै धर्म सेवा होस् भन्ने चाहनुहुन्छ ?करिव ६८ जना बृद्द बृद्दाहरुलाई हाल खाना पकाउन र मरे पछी दाहसंस्कार गर्न (जलाउन) पनि दाउरा आवश्यक परेको हुन्छ भने अहिले बृद्दाश्रममा दाउरा वा ग्याँस दिनु पनि धर्म सेवा हो।
    • बृद्दाश्रममा राखिएका अथवा बसेका बृद्द बृद्दाहरुको सेवा हेरचाह स्याहार कसरी भएको छ र कस्ले गरेको छ भन्ने कुरालाई पनि तपाईंहरु राम्ररी बुझ्न चाहनुहुन्छ भने आश्रम कार्यालयमा राम्ररी बुझ्न सक्नुहुन्छ।
    • बृद्दाश्रममा गाईहरु पनि छन,ती गाइहरु कसरी र किन पालिएका होलान ?भन्ने कुरालाई तपाईंहरुले बुझ्नुभएको छ। गाईहरुको लागि घाँस,पराल,चोकर,मकै,भट्ट ,चना आदी सहयोग गर्नुभयो भने पनि तपाईंहरुलाई ठुलो पुण्य मिल्नेछ।
    • बृद्दाश्रमका कर्मचारी वा कसैले तपाईंलाई छक्काएका छन र बृद्द बृद्दाहरुलाई ठगेका छन भन्ने लागेको छ कि ?त्यस्तो कुनै सिकायता भए रिपोर्ट गर्नुहोला।
    • बृद्दाश्रमका भौतिक पुर्वाधार जस्ताइ भावना तथा अन्य संरचना कसरी बनेका होलान भन्ने बारेमा राम्ररी बुझ्नुभएको छ त? यस्ता काममा सहयोग गर्नु पनि पुण्यकै काम हो।
    • बृद्दाश्रमका लागि आवश्यक पर्ने स्वास्थ्य उपचार कोष,गौशाला संचालन अक्षय कोष, हेरचाह तथा स्याहार सुसार अक्षय कोष,दाहसंस्कार अक्षय कोष लगायत तपाईंका पुर्खाका नाममा रहने गरी नगदी अक्षय कोषमा आर्थिक सहयोग गर्न सक्नुहुनेछ।
    • बृद्दबृद्दाहरुप्रति श्रद्दा एवं सहानुभुति राख्नुहुन्छ भने यी कुराहरु राम्ररी मनन गरी कुनै पनि आवश्यक सहयोग गरी दिनुहुन विभिन्न महानुभावहरु,सरकारी,गैरसरकारी र स्थानिय तहलाई विनम्र अनुरोध छ।
      (लेखक आश्रमका अध्यक्ष हुनुहुन्छ।)